Posts

विकास र प्रकृति दोहनको मारमा भुमिपुत्र अस्तित्व : भोटेकोसीले देखाएको जलवायु संकटले विज्ञानलाई चेतावनी

Image
पोखरा । भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रको संवेदनशीलता मात्र उजागर गरेको छैन।  विकासका नाममा प्रकृतिमाथि भइरहेको अतिक्रमण, जलवायु परिवर्तनको बढ्दो संकट र त्यसको सबैभन्दा ठूलो मार खेपिरहेका स्थानीय तथा आदिवासी जनजाति समुदायको अस्तित्वमाथि समेत गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक वैज्ञानिक अध्ययनअनुसार यो बाढी सामान्य मनसुनी वर्षाका कारण मात्र आएको घटना थिएन। उच्च हिमाली क्षेत्रमा बरफ, चट्टान र माटोको ठूलो भाग खसेर नदी प्रणालीमा आकस्मिक ठूलो प्रवाह सिर्जना भएको र त्यसले भोटेकोसी–त्रिशूली नदी प्रणालीमा अत्यन्त तीव्र बाढी तथा मलबे ल्याएको देखिएको छ। भोटेकोसी बाढीलाई एउटा जटिल हिमाली प्राकृतिक विपद्का रूपमा बुझ्नुपर्ने देखिन्छ। प्रारम्भिक रूपमा भूकम्प, हिमताल फुट्ने वा नदी थुनिएर बनेको अस्थायी ताल फुट्ने सम्भावनाबारे चर्चा भए पनि पछिल्ला वैज्ञानिक विश्लेषणले ठूलो हिम–चट्टान पहिरो वा हिमनदी क्षेत्रमा भएको भू–अस्थिरता नै मुख्य तत्कालीन कारणतर्फ संकेत गरेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणलगायतका विश्लेषणले प्रारम्भमा भूकम्पजस्तो देखिएको कम्पन...